समाजसेवी दाेर्णराज अधिकारीको निधन

समाधान संवाददाता २०८१ कार्तिक २० गते ११:१८


पाेखरा ।

Advertisement

समाजसेवी तथा राजनीतिकर्मी दाेर्णराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा  ५ का पूर्व  वडाध्यक्ष अधिकारीको कात्तिक २० गते बिहान ७२ वर्षको उमेरमा निधन भएकाे परिवार स्राेतले जनाएकाे छ  ।

अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशका पूर्व सल्लाहकार एवं जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश सदस्य थिए ।

उनका धर्मराज अधिकारी, केशवप्रसाद अधिकारी, दामु अधिकारी, बुद्धिराज अधिकारी र  ईन्दिरा अधिकारी गरी ५ जना सन्तान छन् । जेठा छोरा धर्म रेडक्रस सोसाइटी कास्की उपाध्यक्ष हुन् । दामु अधिकारी पाेखरा उद्याेग वाणिज्य संघका पूव अध्यक्ष हुन् । केशव गाडी लाइनमा छन् भने कान्छा बुद्धि इन्जिनियर हुन् ।

Advertisement

अधिकारीकाे पार्थिव शरीरलाई  साढे १२ बजे तुलसीघाटमा दाहासंस्कारका लागि लगिने परिवार स्राेतले जनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया