महानगरमा एमालेका जनप्रतिनिधिहरुले गरेको धर्नामा झडप, नगर प्रहरी घाइते
समाधान संवाददाता
२०८१ कार्तिक २० गते १३:०१

पोखरा ।
पोखरा महानगरपालिकाले करार कर्मचारी हटाउने निर्णयको विरोधमा एमालेका जनप्रतिनिधिले दिएको धर्ना कार्यक्रममा झडपमा भएको छ । झडपमा नगरप्रहरी सई सन्तबहादुर केसी घाइत भएका छन् ।
उनको अण्डाकोषमा चोट लागेको नगरप्रहरीले जनाएको छ । नगरप्रहरीका अनुसार उनलाई अस्पताल भर्ना गरिएको छ ।
एमाले जनप्रतिनिधिहरुले मंगलबार गेटअगाडि धर्नासहित विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन गरिरहेको बेला महानगरभित्र नै नगरप्रहरीसँग धकेलाधकेल भएको थियो ।
यसअघि कात्तिक १५ गते पोखरा महानगरको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आएको छ ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया