दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
समाधान संवाददाता
२०८१ कार्तिक २१ गते ४:३८

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर विमानमार्फत त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैबीच, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका एक सय ३५ जना शान्ति सैनिकको टोली सोमबार नेपाल आइपुगेको छ । सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा रहेको टोली स्वदेश फर्किएको हो । रासस
सम्बन्धित







राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया