संघर्षशील पुरस्कार हरिदेवीलाई

पोखरा ।
अम्बिका–भागवत फाउन्डेसन नेपालद्वारा हरेक २ वर्षमा प्रदान गरिने संघर्षशील सामाजिक पुरस्कारबाट यसपालि हरिदेवी कोइरालालाई सम्मान गरिने भएको छ ।
साहित्यकार अम्बिका भण्डारीको संयोजकत्वमा गोमा सोती र खडानन्द पौडेल रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउन्डेसनको बैठकले अनुमोदन गरेको हो । पोखरा बैदाममा जन्मेकी हरिदेवी नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका ३० को दशकदेखि क्रियाशील छिन् ।
उनका दर्जन साहित्यिक कृति, एक सय बढी लोकदोहारी गीति एल्बम र झण्डै ६ सय गीत रेकर्ड भएका छन् । दर्जनौं संघसंस्थामा संलग्न कोइराला यसअघि जनस्तरका १ सय ६० सम्मान, पुरस्कारबाट विभूषित भइसकेकी छन् ।
फाउन्डेसनले संघर्षबाट माथि पुगेका प्रतिभाको पहिचान गरी प्रोत्साहन गर्दै आएको अध्यक्ष भागवत नेपालले बताए । पुरस्कार यही कात्तिक २४ गते संस्थाको अधिवेशन तथा साधारण सभामा प्रदान गर्ने तयारी छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया