लेखनाथमा न्हूँदया भिन्तुना र्याली

पोखरा ।
नेपाल संवत् ११४५ का अवसरमा गगन नेवाः खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा लेखनास्तरीय न्हूँदया भिन्तुना र्याली निकालिएको छ । पोखरा ३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगाैंडासम्म र्याली आयोजना गरिएको गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले जानकारी दिए ।
नेपाल संवत्को महिमा र गरिमालाई नयाँ पुस्तामाझ पुर्याउँदै नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धन समेतको उद्देश्य राखी र्याली आयोजना गरिएको उनको भनाइ छ । र्यालीमा जनप्रतिनिधि राजनीतिकर्मी, शिक्षासेवी, विभिन्न सेवा पेशा र व्यवसायमा आवद्ध व्यक्ति एवम् सर्वसाधारणको उपस्थिति थियो ।
र्यालीपछि आयोजित कार्यक्रममा पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा संस्कार र संस्कृतिको जगेर्नाका लागि सामूहिक प्रयास आवश्यक भएको औंल्याए । नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले नेपाल संवत् नेपालको राष्ट्रिय संवत् भएको बताए । आफ्ना भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले कोही कसैले संस्कार र संस्कृति बिर्सन नहुने विचार राखे ।
गगन नेवाः खल अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शरणकुुमार प्रधान, नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछाने, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेल, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उत्तममान बज्राचार्य, मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्य, पूर्व अध्यक्ष मेनुका श्रेष्ठ लगायतले नेपाल संवत्को महत्वबारे बोलेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया