नेपालमा आधिकारिक रुपमा दर्ता भयाे टिकटक

समाधान संवाददाता २०८१ कार्तिक २१ गते १३:५४

पोखरा ।
सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । नेपालले राखेको शर्त र कानुनी व्यवस्थाअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो ।

Advertisement

टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त टिकटकले स्वीकारेको पछि दर्ता गरिएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । टिकटकमार्फत हुने साइबर अपराध नियन्त्रणमा सघाउन पुर्‍याउन टिकटक तयार भएको छ ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । त्यसपछि सरकार र टिकटकबीच वार्ता भएर गत १९ भदौदेखि प्रतिबन्ध हटेको थियो ।

तपाईको प्रतिक्रिया