कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

पोखरा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सेवा ग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ।
गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अबलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसंगको अन्तरक्रीया कार्यक्रममा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रबाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रबाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो। राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्बक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागि पर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो।
प्रदेश र स्थानीय तहसहित संघ सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजि र सरकारी शिक्षा भन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऎन मार्फत यसको सम्बोधन हुने जानकारी दिनुभयो ।
शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनीहरुको क्षमता बिकासका काममा लाग्न कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । सो अबशरमा प्राबिधिक शिक्षाका शिक्षालयहरू थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरबाटै मनिटरिङ गर्ने व्यवस्था व्यावहारिक र वैज्ञानिक हुने जिकिर गर्नुभयो । अन्तर्क्रिया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई , शिक्षा विकास निर्देशनालय, प्रादेशिक परीक्षा बोर्ड लगायतका कार्यालयहरूको अबलोकन सहित सेवा प्रवाहको अवस्था सम्बन्धमा जानकारी लिनुभएको थियो।









चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया