पाेखरा विमानस्थलमा आज चीनबाट चाटर्ड फ्लाइट हुने

पाेखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्ष पछि पुनः चीनबाट बिहीबार चाटर्ड फ्लाइट हुने भएको छ । पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौडका लागि खेलाडी सहितका केही अतिथिहरु लिएर सिचुवान एयरलाइन्सकाे विमान र्चाटर्ड गरेर आउन लागेकाे प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले बताए ।
चीनको कुनमिङ शहरबाट उडेकाे विमान सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले जानकारी दिइन् । उनका अनुसार दिउसो २ः४० बजे एयरबस ३१९ नम्बरको विमान पोखरा आएसंगै दिउँसो ४ः१५ बजे रित्तै काठमाण्डौं तर्फ प्रस्थान गर्ने समय तालिका रहेको छ ।
नेपाल चिन मैत्रि संघका अध्यक्ष एव दौड प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले खेलको माध्यमबाट पोखरा र यस आसपासका क्षेत्रमा खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान हुन सकेकाे छैन । नेपाल सरकारले करिब २२ अर्बको ऋणमा निर्माण गरेको उक्त विमानस्थल संचालनमा आएको करिब दुई वर्ष पुग्दै गर्दा ८ वटा मात्र चाटर्ड फ्लाईट भएको छ । यस अघि ७ वटा अन्तराष्ट्रिय हवाई उडानको चाटर्ड फ्लाईट भएको थियो ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया