२३ गतेदेखि लेखनाथ जेसीज सप्ताह

समाधान संवाददाता २०८१ कार्तिक २२ गते १६:४८

लेखनाथ ।

Advertisement

‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नाराका साथ लेखनाथ जेसीजले विविध कार्यक्रमका साथ जेसीज सप्ताह गर्ने भएको छ ।


हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको जेसीजले यस वर्ष कार्तिक २३ देखि २७ गते सम्म जुनियर जेसीजको सहकार्यमा सप्ताह व्यापी कार्यक्रम गर्न लागेको मुल संयोजक शुशिल ढुंगानाले जानकारी दिए ।


कार्यक्रमको पहिलो दिन झण्डोत्तल, उद्घाटन समारोह, दोस्रो दिन ट्राफिक सचेतना, निशुल्क चालक/सह चालक स्वास्थ्य परिक्षण, निशुल्क पोशाक वितरण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता र अन्तिम दिन पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाटको बताए ।


लेखनाथ जेसीजले नेपाल जेसिजको आयोजनामा लेखनाथमा १३ औँ राष्ट्रिय जुनियर जेसिस सम्मेलन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया