ढोरपाटनको टारीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु   

समाधान संवाददाता २०८१ कार्तिक २४ गते ६:२८

गलकोट (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।    
    
दुर्घटनामा ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिनुभयो ।    
    
टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नं को पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो । जीपमा चालक मात्रै सवार थिए ।  रासस

Advertisement

तपाईको प्रतिक्रिया