कलम सहकारीमा मनोहरि सापकोटा

पोखरा । पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा तथा पाँचौ अधिवेशनले मनोहरि सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।
समितिको उपाध्यक्षमा रमेशराज बराल, सचिव लालप्रसाद पाठक, सह सचिव बसुन्धरा कोइराला र कोषाध्यक्षमा प्रकाश बास्तोला छन् । सदस्यमा शालिकराम देवकोटा, लोकराज दाहाल, प्रेम राना, चन्द्रदिव्याश्वरी भण्डारी सर्वसम्मत बने । संस्थाको लेखा संयोजकमा किरण बराल तथा सदस्यहरूमा दीपेन्द्र पोखरेल र सरिता गिरी चयन भएका छन् ।
सभामा पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले धेरै निक्षेप संकलन गर्दैमा सहकारी राम्रो नहुने जनाउँदै सहकारीका मान्यता र सिद्धान्तअनुरुप चल्नुपर्नेमा जोड दिए । सहकारीका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेका बेला समुदायको उन्नति र प्रगतिको साथी सहकारी बन्न सक्नुपर्नेमा जोड दिए ।
पूर्वअध्यक्ष ऋषिराम शर्मा भण्डारीले सहकारीका सदस्यहरुले आफ्नैं सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने विचार राखे । संस्थाका सल्लाहकार पुष्पाकुमारी आचार्य, लेखापरीक्षक रूद्रनाथ पौडेल, कास्की बचत संघका सचिव मीनराज तिमल्सेना, अधिवक्ता शुष्मा पौडेल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की अध्यक्ष कविन्द्र पोखरेल, सेयर सदस्य नवीन नापित, राष्ट्रिय सहकारी वैंकका ईन्द्र कुँवर, कलम सहकारीका व्यवस्थापक सन्तोष लामिछाने, उपाध्यक्ष मनोहरि सापकोटा र सहसचिव शिवराज बास्तोलाले कार्यक्रममा बोलेका थिए ।
सहकारीका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले अध्यक्षको प्रतिवेदन, लेखा संयोजक रमेशराज पोखरेलले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष प्रकाश गिरीले कोषाध्यक्षको प्रतिवेदन सभाले पारित गरेको छ ।
कार्यक्रममा कलम सम्मानबाट सहकारीका परिकल्पना तथा सहकारीका पूर्वअध्यक्ष सल्लाहकार ऋषिराम शर्मा भण्डारी, ज्येष्ठ सदस्य सम्मान सहकारीका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ र उत्कृष्ट कर्मचारी सम्मान संगीता पोखरेललाई प्रदान गरिएको छ । उत्कृष्ट कारोबार सम्मान खेमानन्द पोखरेल, कविन्द्र पोखरेल र अनिल वडगामीलाई दिइएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया