शान्तिनारायणलाई माधव वियोगी साहित्य पुरस्कार
समाधान संवाददाता
२०८१ कार्तिक २४ गते १७:५७

पोखरा, २४ कात्तिक (समाधान)–यस वर्षको माधव वियोगी साहित्य पुरस्कार पर्वतका कवि शान्तिनारायण श्रेष्ठलाई प्रदान गरिने भएको छ । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा स्थापित सो पुरस्कार ४ दशकदेखि साहित्यका विविध विधामा क्रियाशील श्रेष्ठलाई प्रदान गर्न लागिएको हो ।
संस्थाले साहित्यकारद्वय भूपनिधि पन्त र मदन भण्डारीलाई माधव वियोगी सम्मान २०८१ बाट सम्मान गर्ने भएको छ ।
यो पुरस्कारबाट यसअघि मुकुन्दशरण उपाध्याय र रामबाबु सुवेदी सम्मानित भइसकेका छन् भने माधव वियोगी सम्मानबाट तेजनाथ घिमिरे, सरुविन्द, जनार्दनशरण त्रिपाठी, यादवचन्द्र भुर्तेल र हरिदेवी कोइराला सम्मानित भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया