—क्रस कन्ट्री दौड—

इन्डिभिजुअलतर्फ चिनिया र टिम इभेन्टमा नेपाली खेलाडीको बर्चस्व

समाधान संवाददाता २०८१ कार्तिक २५ गते ५:५१

पोखरा । पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा प्रतियोगितामा इन्डिभिजुअलतर्फ चिनियाँ धावकले वर्चस्व कायम गरेका छन् । महिला र पुरुषतर्फका दुवै खेल चिनियाँ खेलाडीले जितेका हुन् । च्यालेन्ज इन्डिभिजुअलमा चीनका धावक एङ ज्याङ जेनले तीन घन्टा ४४ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै विजेता बने । नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो भए । बस्नेतले दौड तीन घन्टा ४८ मिनेट ०२ सेकेन्डमा पूरा गरेका थिए । त्यसपछि क्रमश होमलाल श्रेष्ठ, गोपाल तामाङ, तिलक सुनुवार, गोविन्द्र कार्की, राजेन्द्र तामाङ, दीलबहादुर कुँवर, गजेन्द्र राई र सुवास कार्की विजयी भएका हुन् ।

Advertisement


इन्डिभिजुअल महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ च्याम्पियन बनेका हुन् । निकै रोचक भएको यो इन्डिभिजुअलतर्फको महिलाहरुको प्रतियोगिता झेङ वाङ रोङले ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा दूरी गरेकी हुन् ।

उपविजेता भने नेपालकी कल्पना बुढा भइन् । उनले ४ घन्टा ५० मिनेटमा दूरी पार गरेकी थिइन् । त्यसपछि क्रमश राममाया बुढा, लाक्पा निङमा शेपा चौथो र मिनु बुढा, चोकी शेर्पा, नितु तामाङ, आश्मा विक, डुयु युई कियूयु ग्यानु चौधरी विजयी भए ।
इन्डिभुचुअलतर्फ चाइनाले वर्चस्व बनाएपनि क्रम कन्ट्रीटिम इभेन्टमा भने नेपाली धावकले बर्चस्व नै बनाए । इभेन्टतफे सबै पदक नेपाली खेलाडीले जितेका हुन् । क्रस कन्ट्री टिम इभेन्टमा भने नेपाली खेलाडीले बर्चश्व बनाए । सुशील शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टिमले चार घन्टा २० मिनेट १४ सेकेन्डमा पूरा पूरा गरी च्याम्पियन बन्यो । करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिम चार घन्टा २२ मिनेट २९ सेकेन्डमा दौड सकेर दोस्रो भयो । पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको टोली तेस्रो बन्यो । यो टिमले चार घन्टा २३ मिनेट ०८ सेकेन्डमा दूरी पार गरेको थियो । प्रतियोगिताको टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार चार सय, उपविजेताले तीन लाख ४३ हजार आठ सय, तृतीयले दुई लाख २९ हजार २ सय पाएका छन् ।

च्यालेन्ज इन्डिभिजुअलमा पुरुष तथा महिला दुवै तर्फका विजेताले समान एक लाख ५२ हजार आठ सय, उपविजेता एक लाख १४ हजार छ सय, तृतीय हुनेले ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र भए । विद्यार्थी दौड महिलातर्फ छोरेपाटन माविकी नारायणी भण्डारी विजयी भइन् । उनले १८ मिनेटमा दूरी पार गरेकी हुन् भने कालीका माविकी स्वीकृती कार्की दोस्रो र श्री सिगेस्वरी विद्यालयकी जुही राई तेस्रो भइन् ।

यस्तै, पुरुषतर्फ कास्की मोडनाइजका बादल कार्की प्रथम भए । कालिका माविका कृष्ण परियार दोस्रो र त्रिपुरा सेकेन्डरी स्कुलका रमेश बुढा तेस्रो भए । विद्यार्थी तर्फ छात्र तथा छात्रातर्फका बिजेताले समान ३० हजार रुपैयाँ, उपबिजेता बनेका दुबै तर्फकाले २५ हजार रुपैयाँ, तृतीय स्थान प्राप्त गर्ने दुबै तर्फकाले २० हजार तथा चौथोदेखि छैटौं स्थानसम्म प्राप्त गर्ने सबैलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए । ह्याप्पी रन दौड प्रतियोगिताका सहभागी सबैले प्रमाणपत्र पाएका हुन् ।

Advertisement

प्रतियोगिताको आकर्षणका रुपमा ह्याप्पी रन दौड पनि भएको थियो । ह्यापी रन २ किलोमिटरमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा टिम इभेन्टतर्फ १९ टिम सहभागी रहेकोमा चीनतर्फका ४ टिम थिए । च्यालेन्ज इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ र चीनतर्फका २९ जनाको सहभागिता थियो । ५० किलोमिटर दुरीको समूहगत दौड पोखराको लेकसाईडस्थित बाराही घाटबाट सुरु भर्ई २ हजार २ सय ५८ मिटर उचाईसम्म भएको थियो । यो स्पर्धामा खेलाडीहरुले ट्रेल रनिङ, साईक्लिङ र रोईङ गरेका थिए । जसमा १७ वटा नेपाली र ४ वटा चीनिया टिमले सहभागी भएका थिए । इण्डिभिजुअलतर्फ पनि ५० किलोमिटरमा प्रतिस्पर्धा भएको थियो । वाराही घाटबाटै शुरु भएको यो दौड २ हजार ३ सय ६६ मिटरको उचाईसम्मको दुरी पार गरेका हुन् । यो खेलमा १ सय जना नेपाली र ५२ जना चिनिया गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।
विद्यार्थीतर्फ कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । विद्यार्थी दौड प्रतियोगिता ५ किलोमिटरमा प्रतिस्पर्धा गरेका हुन् ।

तपाईको प्रतिक्रिया