श्रमिक सहकारीको सेयर पुँजी साढे २ करोड

पोखरा ।
श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पोखरा ९ पृथ्वीचोकको चालु आर्थिक वर्षको सेयर पुँजी २ करोड ३० लाख ८० हजार रुपैयाँ कायम भएको छ । सहकारीको आर्थिक वर्ष २०७९/०८० को सेयर पुँजी २ करोड ५७ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
सहकारीका अध्यक्ष वद्रीनाथ पराजुलीले आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको निक्षेप ५ करोड ४१ लाख ४३ हजार २ सय ७३ रुपैयाँ पुगेको बताए । सहकारीको शनिबार भएको १३ औं साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष पराजुलीले सहकारीको गत आर्थिक वर्षमा ४ करोड ७५ लाख २७ हजार ७ सय १० रुपैयाँ निक्षेप बचत जानकारी दिए ।
सहकारीका कोषाध्यक्ष रुद्रबहादुर खत्रीले यस आर्थिक वर्षमा ६ करोड ३७ लाख ५८ हजार ९ सय २१ रुपैयाँ कर्जा लगानी गरेको बताए । सहकारीले गत आर्थिक वर्षमा ६ करोड ८१ लाख ६१ हजार ४ सय ८ रुपैयाँ कर्जा लगानी गरेको थियो । कोषाध्यक्ष खत्रीका अनुसार सहकारीको बैंक मौज्दात २ करोड २७ लाख ६३ हजार ९ सय ९ रहेको छ । सहकारीको जगेडा कोष ३२ लाख ७१ हजार २ सय १२ र अन्य कोष ३३ लाख ४५ हजार ८ सय २०रहेको कोषाध्यक्ष खत्रीले जनाए ।
चालु आर्थिक वर्षमा सहकारीले विभिन्न शीर्षकमा ४ करोड ७ लाख ८५ हजार ४ सय ८७ रुपैयाँ ऋण असुली गरेको छ । कास्की बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ईश्वरप्रसाद सुवेदीले सबै सहकारीले सेयर सदस्यलाई आत्मनिर्भर र स्वावलम्बन बन्न सिकाउनुपर्ने बताए ।
कार्यक्रममा संविधान सभाका सदस्य चूडामणि जंगली, सहकारीका निवर्तमान अध्यक्ष ईश्वरप्रसाद आचार्य, उपाध्यक्ष बलराम पौडेल, सचिव वृहस्पति पराजुली, सल्लाहकारहरु टुवराज बास्तोला, चन्द्रप्रसाद गुरुङ लगायतले सहकारीका बारेमा बोलेका थिए ।
अध्यक्ष पराजुलीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष खत्रीले पेश गरेको आर्थिक प्रतिवेदन र सहकारीको लेखा समितिको संयोजक मञ्जुल सुवेदी प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ । सहकारीमा ४ सय ८८ सेयर सदस्य छन् । सहकारीको १३ औं वार्षिक साधारण सभाको सन्दर्भमा आयोजना गरिएको खुला रक्तदानबाट १३ युनिट रगत संकलन भएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया