पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
टुईन्स कलेक्सन बुद्ध विशाल बजारका सञ्चालक पौडेल बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्त्ता समेत हुन । पत्रकार समेत रहेका पौडेल विभिन्न संघ संस्थामा समेत आवद्ध छन् । पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जुत्ता व्यवसायी समिति कास्कीको प्रस संयोजक कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनको प्रेस संयोजक सुर्केमैदान सिर्जनशील क्लव पोखरा २८ को संस्थापक अध्यक्ष नेपालय न्युजका कार्यकारी सम्पादक समेत छन् ।
पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा चयन भएका पौडेलले संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । अध्यक्ष कार्कीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराइसकेका छन् ।
संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष कार्कीले यसअघि सोवित पौडेल, नविन पौडेल र कमलबहादुर सुनारलाई मनोनित गरिसकेका छन् । संघको विधान २०६५( पहिलो संशोधन २०७२) को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई अध्यक्ष कार्कीले मनोनित गरेका हुन् ।








कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया