कृषिमा जोड दिँदै अर्घाैं सहकारी

समाधान संवाददाता २०८१ कार्तिक २७ गते १२:४६

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको अर्घौ कृषि सहकारी संस्थाले सेयर सदस्यको आयआर्जनका कृषि उत्पादनमा जोड दिने भएको छ । कृषि नै नेपालको मुख्य आधार भएकाले सके व्यवसायी बन्ने र नसके आफूलाई आवश्यक पर्ने कृृषि उत्पादनमा आत्मनिर्भर बनाउने योजना सहकारीले ल्याएको छ ।

Advertisement


सहकारीले सेयर सदस्यहरुका लागि सहुलित दरमा ऋण प्रवाहदेखि प्राविधिक ज्ञान, मल, विउ वितरणदेखि कृषि अनुसन्धान केन्द्रहरु अध्ययन, अवलोकन गराउने भएको छ । संस्थाको १४ औं वार्षिक साधरण सभामा ज्येष्ठ सेयर सदस्य चन्द्रगोपाल श्रेष्ठले सेयर सदस्यले सहकारीमा लगानी गरेको छु भनेर ढुक्क भएर बस्दा सहकारीको क्षेत्रमा अनेक समस्या आएको जनाए ।


उनले सहकारीले आर्थिक जागरण ल्याउने काम गरेको बताउँदै पैसा आवश्यक परेकाहरुलाई गर्जो टार्ने माध्यम पनि बनेको औंल्याए । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल, सल्लाहकार नारायणदत्त बस्ताकोटी, कुशलबाबु लामिछाने, सेयर सदस्य वेदप्रसाद वस्ताकोटी र कानुनी सल्लाहकार लेखनाथ सापकोटा लगायतले सहकारीले गाउँ गाउँमा वित्तीय साक्षरता जगाउन सहयोग पु¥याएको, जीविकोपार्जन र आर्थिक व्यवहारमा सघाएको जनाए ।


सो अवसरमा सहकारीका ज्येष्ठ सदस्य लीलश्री पुन मगर र विष्णुप्रसाद पौडेललाई सम्मान गरेको थियो । सभाले कोषाध्यक्ष चन्द्रकान्त पौडेलको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक शेखरनाथ लामिछानेको लेखा प्रतिवेदन र ऋण लगानी उपसमिति संयोजक रेवतिरमण बस्ताकोटीको प्रतिवेदन पारित गरेको छ ।


संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हरिबहादुर लामिछाने र उपाध्यक्ष पार्वती सिग्देलले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया