सकियो लेखनाथ जेसिज सप्ताह

लेखनाथ ।
गत कात्तिक २३ गतेदेखि सुरु भएको लेखनाथ जेसिजको जेसिज सप्ताह २०८१ मंगलबार सकिएको छ । हरेक वर्ष नयाँनयाँ कामका साथ जेसिज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसिजको सहकार्यमा ५ दिनमा विभिन्न रचनात्मक तथा सन्देशमूलक सात वटा कार्यक्रम गरेर यस वर्षको जेसीज सप्ताह सकेको हो ।
समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले युवाहरुलाई ज्ञान, सिप र नेतृत्व गर्ने क्षेमतामा वृद्धि गरी उल्टो बाटोमा हिँड्न सक्नेहरुलाई सही बाटो र पाटोमा ल्याउने गरी जेसीजले चलाएको अभियानले राष्ट्र निर्माणमा सहयोग पुग्ने गरेको विश्वास दिलाएका थिए ।
सोही अवसरमा ट्राफिक कार्यलयका प्रहरी उपनिरीक्षक जनकबहादुर शाहीले जेसीजले नियम, विधि र प्रविधिका बारेमा जानकारी गराई सभ्य समाज निर्माणमा सहयोगी सिद्ध भएको धारणा राखेका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राइभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसिजका पूर्वअध्यक्ष ऋषिराम जमरकटेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी, पोखरा जेसिजका अध्यक्ष देवराज शर्मा लगायतले सामाजिक क्षेत्रमा जेसिजले गरेका कामका बारेमा चर्चा गरेका थिए ।
लेखनाथ जेसिजका महासचिव मौसम बरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव महेश वाग्लेले गरेका थिए । मूलसंयोजक सुशील ढुंगानाले सातव्यापी रुपमा भएका कार्यक्रमका वारेमा जानकारी गराएका थिए ।
जेसिज सप्ताह अन्तरगत झण्डोत्तलन, ट्राफिक सचेतना तथा निशुल्क चालक/सहचालकको स्वास्थ्य परीक्षण, निशुल्क पोशाक वितारण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता लगायत कार्यक्रमहरु भएका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया