म्याग्दीको बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयलाई ६६ लाख सहयोग जुट्यो,

म्याग्दी । मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयका लागि सञ्चालित अभियानमार्फत एक महिनामा रु ६६ लाखभन्दा बढी सहयोग जुटेको छ ।
बिमको किसानी माध्यमिक विद्यालयअन्तर्गतको बाली तथा पशु विज्ञान विषयको पठनपाठन हुने प्राविधिक शिक्षालय सञ्चालनमा अध्ययनका लागि देशका विभिन्न ठाउँबाट आउने विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि स्थापित ‘किसानी सञ्जीवनी अक्षयकोष’मा उक्त सहयोग जुटेको हो ।
गत असोज अन्तिम हप्तादेखि सुरु गरिएको अक्षयकोषमा सहयोग सङ्कलन अभियानमार्फत हालसम्म रु ६६ लाख ५१ हजार सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो ।
तिहार पर्वका अवसरमा मालिका गाउँपालिका–७ को विभिन्न टोलमा खेलिएको देउसीभैलो सहित नेपालमा रु ३३ लाख ९२ हजार सङ्कलन भएको थियो । अन्य रकम स्वदेश तथा विदेशमा रहेका बिमवासीले जुटाएका छन् ।
विसं २०६८ मा सुरु भएको प्राविधिक शिक्षालयमा हाल तीनवर्षे पशु, बाली विज्ञान र १८ महिने जेटिए कक्षा सञ्चालन भइरहेको छ । शिक्षालयमा हाल म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका एक सय ५० जना विद्यार्थी छन् । प्राविधिक शिक्षा पढ्न इच्छुक रहेको तर आर्थिक कारणले पढाइबाट वञ्चित हुनुपरेको विद्यार्थीलाई सहयोग गर्ने मुख्य लक्ष्य राखेर अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य टुकमान जुग्जालीले बताउनुभयो ।
कोषमा स्वेच्छिक रूपमा आर्थिक सहयोग प्रदान गर्न देश विदेशमा रहेका बिमवासी, विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा सम्पूर्ण समाजसेवी मनकारी महानुभावलाई विद्यालयले आग्रह गरेको छ । रासस







एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया