सामाजिक काममा भीमकालीको १ लाख

पोखरा । भीमकाली क्लबले चौथों संस्करणको भीमकाली साँझ तथा देउसी भैलो कार्यक्रमबाट संकलितमध्ये केही रकम विभिन्न संस्थालाई सहयोग गरेको छ । पोखरामा महानगरपालिका १ मा क्रियाशील क्लबले तीन दिने सहयोग कार्यक्रम अन्तर्गत १ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।
क्लबका सदस्य अनिश गुरुङका अनुसार पहिलो दिन मंगलबार पोखरा १७ छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यु एन्ड केयर सेन्टरमा करिब २० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरिएको छ । केयर सेन्टरकी सञ्चालक चाँदनी थापालाई क्लबका सल्लाहकार सूर्यमान गुरुङ, क्लबका अध्यक्ष कृष्ण गुरुङ लगायतले सहयोग हस्तान्तरण गरे ।
दोस्रो दिन बुधबार पोखरा २३ माझथुमस्थित सिद्धबराह गुरुकुल विद्याश्रममा करिब ४० हजार बराबरको खाद्यान्नका सहयोग गरेको क्लबका सदस्य अञ्जन देवकोटाले जानकारी दिए । तेसो दिन बिहीबार ४० हजार बराबरकै पोखरा १ बगरस्थित संस्कृत माविमा अध्ययनरत जेहेन्दार विद्यार्थी तथा बटुकलाई ६० वटा स्वीटर र ६० थान टोपी प्र्रदान गरिएको हो ।
उक्त सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई प्र्रदान गरिएको हो । क्लबले बगरस्थित ट्याक्सीचोकमा गत २० गते आयोजना गरेको चौथों भीमकाली साँझबाट करिब १० लाख बढी रकम संकलन गरेको थियो ।
सो कार्यक्रमबाट संकलितमध्ये १ लाखको तीन दिने कार्यक्रम घोषणा गरी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको क्लबका सचिव चाइना गुरुङले बताए । क्लबले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रमबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्चिदै आएको छ । बाँकी रकम भने रकमको बचत कोषमा सुरक्षित राखिने भएको छ ।
क्लबले स्थापना कालदेखि रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई कार्यक्रम, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम, विविध खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया