नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण

पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका स्नातक तहका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । नवागन्तुक विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, बोर्ड सदस्य कर्मा गुरुङ, कृष्ण थापा, अनिल सुवेदी, कलेजका विभागीय प्रमुख, शिक्षकहरु, सफल मिडिया हाउसका प्रमुख दुर्गाप्रसाद हुमागाई लगायतले फूलमाला र खादासहित स्वागत गरे ।
बिएचएम, बिबिए तथा बिबिए फाइनान्सका १ सय ८० विद्यार्थीलाई उक्त अवसरमा स्वागत गरियो । विद्यार्थीका साथमा अभिभावक समेत कार्यक्रममा सहभागी थिए । उनीहरुलाई मोटिभेसनल स्पिकर रञ्जित आचार्यले जिवनोपयोगी परामर्श दिए ।
कलेजका अध्यक्ष अशोक पालिखेले पोखरालाई शिक्षाको हब बनाउन, पर्यटन विकासमा टेवा पुर्याउन, दक्ष जनशक्तिको उत्पादन गर्न र देशमै स्वरोजगार बनाउने उद्देश्यले २५ वर्षअघि कलेज स्थापना गरिएको बताए ।

अध्यक्ष पालिखेले १ सय १५ जना सञ्चालकहरु जुटेर सानो कटेजबाट सुरु गरिएको कलेज अहिले नेपालकै सुविधा सम्पन्न कलेज र उत्कृष्ट कलेजको रुपमा स्थापित हुनु प्रतिवद्ध शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरुको साथले सम्भव भएको बताए ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीका लागि पढाइ र प्रयोगात्मक अध्ययनलाई साथसाथै लगिएको बताउँदै सिर्जनात्मक काम, तालिम वा प्रतियोगिताहरुमा समेत नियमित सहभागिता गराउने गरेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख वक्ता रञ्जित आचार्यले मान्छे बन्नका लागि असल गुणको आवश्यक्ता पर्ने भएकोले जीवनमा प्रगति गर्नका लागि तपार्इंले के चाहनु भएको छ त्यसैमा दत्तचित्त भएर लाग्न सुझाए ।
कलेजका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रम सञ्जु कुँवरले सञ्चालन गरेकी थिइन् ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया