गुरुङ पहिचानः आधार, अवस्था र चुनौती विषयक अन्तरक्रिया

पोखरा। पोखरामा शनिबार गुरुङ पहिचानः आधार, अवस्था र चुनौती विषयमा अन्तरक्रिया भएको छ । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको आयोजना र गुरुङ साहित्यिक मञ्च नेपालको व्यावस्थापनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिपकुमार गुरुङले संस्थाले सन् २०१९ देखिनै गुरुङको भाषा, धर्म, संस्कार, संस्कृतिको क्षेत्रमा अनुसन्धान गर्दै आएको बताए । जसले गर्दा अमेरिका लगायत अन्य देशमा बस्ने गुरुङ समुदायले आफ्नो जातका बारेमा धेरथोर ज्ञान लिन सकेको उनको भनाइ थियो ।
गुरुङहरुको वर्तमान अवस्थामा संस्कृति भएपनि निकै कम अनि प्रचारप्रसारमा कमी रहेको उनले बताए । ‘हाम्रा प्हेता लुता हामीसँग कम छ । जसले हामी पछि पर्ने अवस्था आउनसक्छ । यसका लागि सजिलो भाषामा छापेर सबैको हातहातमा पु¥याउन आवश्यक छ,’ उनले भने, ‘हामीमा कल्चरको अभ्यासमा पनि एकरुपता छैन् । केही ठाउँमा क्वोइँबो बन्दाबन्दै छाडिएका छन् । खेगी स्कुल नहुँदा गुरुङ पुरोहित पुस्तान्तणमा समस्या हुने देखिएको छ ।’
गुरुङ समुदायमा केही चुनौती रहेको उनले सुनाए । अरुको चाडबाडबाट प्रभावित हुँदा मौलिकता लोप हुदै गएको उनको भनाई थियो । गुरुङ भाषाको लिपीमा पनि समस्या रहेको उनले बताए । गुरुङ समुदायको हरेक क्षेत्रको विकास लागि बजेट पनि कम विनियोजन हुने गरेको उनले दुखेको पोखे ।
कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष तेजबहादुर चाक्ली गुरुङले विदेशमा रहेर पनि आफ्नो समुदायको हितका लागि अनुसन्धान गरी संस्थाले सह्रानिय काम गरेको बताए । यस्तै खेमा लिपी अभियान्ता भीम गुरुङले खेमा लिपीको उत्पती र यसको वर्तमान अवस्थाका बारेमा जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया