नेपाल सुरक्षा व्यवसायी संघमा चन्दर

पोखरा । नेपाल सुरक्षा व्यवसायी संघको १० औं साधारण सभा तथा ७ औं अधिवेशन शनिबार पोखरामा भएको छ । संघको ७ औं अधिवेशनबाट अध्यक्षमा चन्दर बहादुर निर्वाचित भएका छन् । उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिवमा पोखराका लोकेन्द्र अर्याल, कोषाध्यक्षमा नारायणप्रसाद अधिकारी चुनिए ।
सदस्यमा घनश्याम आचार्य, शुक्रराज पोखरेल र प्रभुनाथ रोका निर्विरोध निर्वाचित भए । कार्यक्रममा संघका अध्यक्ष विष्णुप्रसाद तिवारी, महासचिव कृष्णप्रसाद सुवेदी, कोषाध्यक्ष शिव बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कुलबहादुर केसीले निर्वाचित सम्पूर्ण कार्य समिति सपथ गराए ।
उद्घाटन कार्यक्रममा पूर्व उपाध्यक्ष मोतिकृष्ण उपाध्यायले उपस्थित सबैलाई स्वागत गरे । शनिबार नै बसेको समितिको पहिलो बैठकले संघका हरेक क्रियाकलापमा उत्कृष्ट योगदान गर्ने कुलबहादुर केसी, सिमा पौडेल र शिव बराललाई सम्मान गरिएको संघका महासचिव लोकेन्द्र अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया