इन्द्रेणी एकीकृतमा भानुभक्तको नेतृत्व

पोखरा । पोखरा महानगरपालिका वडा नं १ स्थित ईन्द्रेणी एकीकृत विकास केन्द्रको अध्यक्षमा भानुभक्त अधिकारी निर्वाचित भएका छन् । संस्थाको ५५ औं साधारणसभा एवं २५ औं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा निरजविक्रम राणा, महासचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा वेदप्रसाद वस्ती र सचिवमा दुर्गाप्रसाद अधिकारी छन् । कार्यसमिति सदस्यमा दुर्गादत्त भुगाई, मीनबहादुर घले, हरिप्रसाद अधिकारी, निर्देशनकुमार चुल्याजु, शिशिर शर्मा, सरस्वती दाहाल र पार्वती खनाल छन् ।
संयोजकहरुमा रुद्रप्रसाद लुइँटेल, दानबहादुर श्रेष्ठ, केदार पौडेल, कृष्ण तामाङ र स्वदेश शाही छन् । अधिवक्ता तिलक कोइराला संयोजक, रामजी गौतम र भद्रराज त्रिपाठी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गर्न सहजीकरण गरेको थियो ।
यसअघि पोखरा १ का वडाध्यक्ष साहरा प्रधानले ईन्द्रेणी समाज पोखराकै प्रतिष्ठित संस्था भएको बताए । कार्यक्रममा घनश्याम पौडेल, विष्णु अधिकारी, रामविक्रम राणा, कृष्णबहादुर गुरुङ, दिलबहादुर गुरुङ, रामप्रसाद अधिकारी, जीवन अधिकारी, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बलराम आचार्य र समाजका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, उपाध्यक्ष निरजविक्रम राणा, महासचिव वसन्त बास्तोला, सिर्जना (पराजुली) वस्ती र कार्यालय प्रमुख विपना सुवेदीले बोलेका थिए ।
संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको थियो । समारोहमा ईन्द्रेणी प्रतिभा पुरस्कार राष्ट्रिय माविकी नन्दिता गौतम, रत्न आधारभूत विद्यालयकी रिपिका माया तामाङ र संस्कृत माध्यमिक विद्यालयका प्रशन्न पौडेललाई प्रदान गरिएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया