पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

घोराही (दाङ) । नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।
पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताउनुभयो । परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्त्रण समेत हुन थालेको उहाँको भनाइ छ ।
“केन्द्रमा सबै उमेर समूहका व्यक्तिहरु आवद्ध भएका यसले नयाँ पुस्तालाई बाजा बजाउन सीप प्रदान गर्नुका साथै कला, संस्कृति संरक्षण हुने विश्वास लिएका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “सबैले सहयोग गरिरहनुभएकाले पनि हामी सक्रिय भउर बाजा संरक्षण र प्रवर्द्धन अभियानमा जुटेका हौँ ।”
लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियाताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ । बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको उहाँले बताउनुभयो ।
गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “पहिला मादल पनि बजाउन आउँदैनथ्यो, विस्तारै सबै सिक्दै जानेको हुँ”, उहाँले भन्नुभयो, “यहाँका ज्येष्ठ नागरिकको पहलमा बाजा बजाउन लागेका छौँ, यसले समाजमा सकारात्मक सन्देश दिने अपेक्षा छ ।”
पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौँ, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरुमा पनि जाने गरेको केन्द्रका अध्यक्ष थापाले अनुभव सुनाउनुभयो ।
गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएका बताउनुभयो । समूहमार्फत काम गर्दै आएकाले यसले पुस्ताहस्तान्त्रण हुँदै गएको उहाँको बुझाइ छ । “कहिलेकाही पञ्चेबाजाको माग धेरै ठाउँबाट एकै पटक आउने गरेको भन्दै आचार्यले पहिलोपटक हेर्न आउनेले ब्राह्मणले बाजा बजाएको देखेर अनौठो मान्नुहुन्छ”, उहाँले भन्नुभयो ।
केन्द्रका सदस्य माधवी नेपालीले समूहका ज्येष्ठ नागरिकबाट पञ्चेबाजा बजाउन सिकेको भन्दै उहाँहरुसँग विभिन्न कार्यक्रममा सहभागी भएर आम्दानी पनि गर्दै आएको बताउनुभयो । तेइस वर्षीय नेपालीले आफूले सिकेको सीप भाइबहिनीहरुलाई पनि सिकाएर पञ्चेबाजा पुस्तान्तरण अभियानलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
गढवा–६ हासिँपुरका थानेश्वर आचार्यले लोप भएको बाजालाई संरक्षण गर्न अभियान सुरु गरेको बताउनुभयो । केन्द्रका सदस्यसमेत रहनुभएका उहाँले सुरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु दुई लाखको बजेटमा पञ्चेबाजा बजाउने तालिम लिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तालिममा १२ जना स्थानीयको सहभागिता थियो । स्थानीय सरकारले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सीप विकाससम्बन्धी तालिम, अनुदानलगायत व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रका सदस्य चुडामणी खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको रु २५ हजार र जिल्ला बाहिर जाँदा रु ३० हजार लिने गरेको जानकारी दिनुभयो । उक्त रकममध्ये रु पाँच हजार कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरुप लिने गरेको बताउनुभयो । रासस







नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया