बराह एजुकेसन कन्सल्टेन्सी सुरुआत

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ न्युरोडमा एक एजुकेशन कन्सल्टेन्सीका सञ्चालकले सोमबार आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गरेका छन् ।
बराह एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालन सन्तोष कुइँकेलले आफ्नै आमा विष्णुमाया कुइँकेलले रिबन काटेर छोराको व्यवसायको शुभारम्भ गर्दै छोराको व्यवसाय राम्रो होस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष तथा दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटले वैदेशिक अध्ययनमा जानेलाई विश्वासिलो वातावरण तयार गर्न सके कन्टल्टेन्सी व्यवसायको भविष्य रहेको बताए ।
सो अवसरमा रुपाकोट सुनचाँदी पसलका सञ्चालक दशरथ सुनार, नगेन आर्ट एकेडेमीका नगेन सिंह ठकुरी, पोखरा बस व्यवसायी समितिका अध्यक्ष देवी कुइँकेल, लायन्स क्लब३२५ एमकी जोन चियर पर्सन लक्ष्मी कोइराला, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
सञ्चालक सन्तोष कुइकेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बुद्धिराज भट्टराईले र सञ्चालन प्रफेक्ट प्रिन्टिङ तथा एकेडेमीका प्रबन्ध निर्देशक नवीन श्रेष्ठले गरेका थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया