योग प्रशिक्षकलाई तालिम

पोखरा ।
पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुनर्ताजगी कार्यक्रम समापन भएको छ । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले आफूभित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग भएको बताए ।
पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष कमला गुरुङ, केन्द्रीय सदस्य रश्मि भण्डारी, प्रदेश कोषाध्यक्ष सपना गुरुङ, कास्की जिल्ला सचिव मुक्ति पनेरु, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्र्थीको तर्फबाट सुनिता भण्डारी र सरिता पहारीले बोलेका थिए ।
योग प्रशिक्षक कमला गुरुङलाई पनि पनि सो अवसरमा सम्मान गरिएको छ । कार्यक्रममा ७ वटा साधना केन्द्रका २४ जनाको सहभागिता थियो । कात्तिक १५ देखि मंसिर २ गतेसम्म तालिम भएको थियो ।
पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश कार्यबहाक अध्यक्ष विश्वकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष संगिता पराजुली र प्रदेश सदस्य नवराज पौडेलले पनि बोलेका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया