बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

तनहुँ ।
भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरु विस्थापित भएका हुन् ।
विस्थापित घरपरिवारको तथ्यांक संकलन भइसकेको छ, विस्थापित परिवारसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने छाैं । उनी भन्छन्, “तीस घरका एक सय ५० जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानका स्थानन्तरण गर्ने प्रयास जारी छ । ”
यसैबीच, बाढीपहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ । नगरपालिकाले खानेपानी आयोजनाको मर्मतसम्भारका लागि विनियोजन गरेको रु ५० लाख अपुग भएकाले विकास– निर्माणका निम्ति छुट्याइएको रकम गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए । अधिकांश आयोेजनाको मर्मतसम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उनले बताए ।









नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
नीतिगत विभेद र अस्थिरता अन्त्यको माग गर्दै एनसेलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया