लेखनाथ उद्योग वाणिज्य संघमा करदाता शिक्षा

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्यमा मंगलबार करदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको करशिक्षा कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सनु काफ्लेले कर प्रणाली र व्यवसायीहरुले कर प्रणालीमा दिनुपर्ने ध्यान र अहिले करमा आएको छुट व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे ।
व्यवसायीहरुले राखेका जिज्ञासाबारे आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले प्रस्ट पारे । उद्योगी व्यवसायीहरुले तिरेको राजस्वबाट नै देश चल्ने हुँदा नेपाल सरकारले उद्योग व्यवसाय गर्न नयाँ पीडिलाई प्रोत्साहन गर्नुपर्ने र कर सप्ताहको उपलक्ष्यमा सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
राजस्वका कम्पयुटर अपरेटर सुदीप रेग्मीसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, वस्तुगत संघ संघसंस्थाका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, संघका उपसमिति संयोजक र सदस्यहरु, एवं संघका सदस्यहरुको सहभागिता थियो । कार्यक्रम सञ्चालन संघका महासचिव जानुका पराजुली अधिकारीले गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया