एलजीको नानोसेल टिभी बजारमा

काठमाडौं ।
सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ । सिजी चौधरी ग्रुप अन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक हो ।
यी नयाँ टिभीले नेपालमा पाउने एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको दाबी छ । जसमा ३२ इन्चदेखि ८६ इन्चसम्मका ओएलइडी टिभी, क्युएनइडी टिभी, युएचडी टिभी र स्मार्ट टिभी छन् ।
यी टिभीमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्बिरको गुणस्तरमा बढोत्तरी गरेको छ । यसको न्यानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्छ ।
यस टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ, जसमा वेबओएस २४, एलजी थिनक्यु र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता प्लेटफर्म सपोर्ट गर्ने कम्पनीको दाबी छ । गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधाका साथ यी टिभीहरूले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकता पूरा गर्दछन् ।
एलजी नानोसेल टिभीले वेबओएस रेन्यु प्रोग्राम पनि प्रदान गर्दछ । जसले टिभी खरिद गरेपछि ५ वर्षसम्म वेबओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ । सिजी इलेक्ट्रोनिक्सले नो कस्ट इएमआइ सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २–१–१ नीतिमार्फत बिक्री पछिको सेवा र ३ वर्षको पूरा वारेन्टीसमेत दिने कम्पनीले जनाएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया