खोराको मुखमा आँखा शिविर, ७८ जना शिक्षक, विद्यार्थी लाभान्वित

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजना तथा पद्म नर्सिङ होम प्रालिको प्राविधिक सहयोगमा माछापुच्छे गाउँपालिका –८ खोराको मुखस्थित सहिद हरिप्रसाद आभारभूत विद्यालयमा निशुल्क आँखा शिविर भएको छ । उक्त अवसरमा ७८ जना विद्यार्थी तथा शिक्षकहरुलाई निशुल्क आँखा परीक्षण गरी औषधी वितरण गरिएको छ । कार्यक्रमको शुभारम्भ वडा सदस्य चोकप्रसाद दाहाललले गरे ।
कार्यक्रममा वरिष्ठ नेत्र अधिकृत जीतेन्द्र पौडेलले आँखा मानिसको मुख्य अंग भएकोले दृष्टिलाई कहिले पनि लापर्वाही गर्न नहुने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले अन्नपूर्ण लायन्स क्लबले विगतमा खानेपानी टंकी सहयोग गरेको स्मरण गरे ।
विद्यालय शिक्षक अभिभावक संघ अध्यक्ष जानुका भण्डारी विद्यालयमै आएर विद्यार्थीहरुको आँखा जाँच गरी सहयोग गरेकोमा धन्यवाद् दिइन् ।
पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य तथा क्लबका पूर्वअध्यक्ष प्रदीप राजभण्डारीले सहरभन्दा बाहिर गाउँमा आएर लायन्स क्लब अन्नपूर्णले आँखा शिविर गरी क्लबको पहिचान राख्न सफल भएको बताए । विद्यालयका प्रधानाध्यापक बलराम रानाभाटले क्लबको हालसम्मको सहयोगका लागि धन्यवाद् व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे । जोन चियर पर्सन दिनेश तुलाचनले क्लबले अब छिटै उक्त ठाउँमा स्वास्थ्य शिविर गर्ने प्रतिबद्धता जनाए ।
क्लबका पूर्व अध्यक्ष रवीन्द्रबहादुर प्रजुले विद्यार्थीहरुलाई सहयोग गर्ने पाएको धन्यवाद् दिए । कार्यक्रम संयोजक योगराज पौडेलले क्लबको वार्षिक कार्यक्रम अन्तर्गत आँखा शिविर भएको बताए । कार्यालय सचिव श्यामप्रसाद साँखीले सञ्चालन गरेको कार्यक्रम लायन्स क्लब पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छबिको अध्यक्षतामा भएको थियो ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया