पोखरालाई स्विस कन्ट्याक्टकाे साथ
पोखरा ।
विकासशील र उदीयमान देशहरुमा दिगो आर्थिक विकास र जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको स्विस कन्ट्याक्टले पोखरामा सम्भावित दिगो पर्यटन विकासका आयोजनाहरूमा सहकार्यका लागि तयार रहेको जनाएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटमा स्विस कन्ट्याक्टका कन्ट्री डिरेक्टर सञ्जय कार्की नेतृत्वको टोलीले सो प्रतिबद्धता जनाएको हो । टोलीमा कन्ट्री डिरेक्टर सञ्जय कार्की, तापेश न्यौपाने, क्रिस्टियन पालमर र सिपी तिम्सिना सहभागिता छन् ।
उनीहरुले पर्यटन राजधानी पोखराको दिगो पर्यटन विकासका लागि पर्यटन पूर्वाधार विकास, पर्यटन संस्कृतिको विकास र जीविकोपार्जन सुधारका लागि मानव संशाधन विकास लगायत विभिन्न क्षेत्रमा आफूहरु पोखरा महानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे ।
जवाफमा नगर प्रमुख आचार्यले समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने लक्ष्यका साथ महानगरपालिकाअघि बढिरहेको जनाउँदै पर्यटनमैत्री विकासका लागि लगानीका सम्भावनाहरू कायमै रहेको बताए । उनले स्थानीय रूपमा सहजीकरण गर्न पोखरा महानगरपालिका तयार रहको भन्दै पोखराको पर्यटन विकास, प्रवर्द्धन र संरक्षणका सम्बन्धमा लगानीका ढोकाहरु खुला रहेको जनाए ।
पोखरामा दिगो पर्यटन विकासमा सन्दर्भमा विभिन्न विकास साझेदारसँगको सहकार्यमा विभिन्न परियोजना सञ्चालनमा छन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया