सन् २०२३ को अक्टोबर देखि ११ हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा

रामल्ला ।
सन २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकारहरू रहेका छन् ।
बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब, र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन ९एडडमीर० ले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण सुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश दश हजार नाघेको जनाएका छन् । जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाहरू विरुद्ध जारी गरिएको थियो ।
विज्ञप्ति का अनुसार अक्टोबर –७ देखि कम्तिमा ४५ कैदीहरू इजरायली जेलहरूमा शहीद भएका छन् ।
यसै गरी धेरै जना हिरासतमा शहीद भएकोहरुको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने दर्जनौंलाई मृत्युदण्ड दिइएको छ ।
आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना शहीदको शव, अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बन्दीहरूमा आक्रमण सुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीहरूमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएका व्यक्तिहरू समावेश छन् । (रासस/क्यूएनए)
– – –





जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया