हामी सबैको प्रतिबद्धता, लैैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता
पोखरामा सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

पोखरा । ‘हामी सबैको प्रतिबद्धता, लैैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार देखि सुरुवात भएको छ । सो अभियानको पहिलो दिन सोमबार सचेतनामूलक प्रभातफेरी र्याली निकालिएको छ ।
स्थानीय चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्युरोडहँुदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको सामुदायिक सेवा तथा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । कार्यक्रममा नागरिक समाज, महिलाको अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था, मानव अधिकारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि, क्याम्पस, विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ ।
सन् १९८१ मा ल्याटिन अमेरिकी देश डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको विश्वव्यापी साझा अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्की लगायतका ७ वटा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । राइट फोर चिल्ड्रेनको सहयोगमा कार्यक्रम गरिएको छ ।

लैंगिक हिंसाको अन्त्यको लागि २५ नोभेम्बर देखि १० डिसेम्बर २०२४ (मंसिर १० देखि २५ गते) सम्म विभिन्न कार्यक्रम गरी १६ दिने अभियान सञ्चालन गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लैंगिक हिंसा कानुनी रुपमा दण्डनीय भएकोले त्यसको न्यूनीकरणको लागि सचेतनामूलक आवश्यक भएको बताए । उनले कानुनी व्यवस्थाको बारेमा जानकारी नभएर समेत हिंसाका घटना भएको जानकारी दिए । ‘घर परिवारबाट सुरुवात भएको लैंगिक हिंसाले समाजमा भयाभह रुप लिएको छ,’उनले भने, ‘घर परिवार, टोल समुदायसम्म हिंसा अन्त्यको लागि सचेतनामुलक कार्यक्रम आवश्यक पर्छ ।’ उनले सबै खालका हिंसाको अन्त्य गरे सभ्य र समुन्नत समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले लैंगिक हिंसा न्यूनीकरणको लागि सामुहिक रुपमा अभियान गर्ने बताए । उनले सामाजिक सञ्चाल, वैदेशिक रोजगारीकार कारण हिंसा लगायतका सामाजिक समस्या बढेको दाबी गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआइजी) दुर्गा सिंहले हरेक व्यक्ति मानव भएर जन्मेपनि पछि समाजले लैंगिक रुपमा विभेद गर्ने जानकारी दिइन् । उनले लंैगिक विभेदलाई चिर्न सरोकारवाला सबैको एक्याबद्धता आवश्यक भएको उल्लेख गरिन् । समाजमा हुने सबै प्रकारका हिंसाको बिरुद्धमा आवाज उठाउन पर्ने चर्चा गर्दै उनले हिंसालाई सहेर बस्न नहुने र मौनतालाई तोड्न पर्ने बताइन् । उनले १६ दिनमात्र नभएर ३ सय ६५ दिन नै लैंगिक हिंसा रोक्ने अभियानमा लाग्न पर्ने उल्लेख गरिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले लैंगिक रुपमा गरिने लगायतका सबै प्रकारको हिंसाले समुदायमा गहिरो प्रभाव पारेको बताए । घरेलु तथा लैंगिक हिंसा समुदायमा लुकेको अपराध भएको जानकारी दिदै उनले त्यस्ता घटना प्रहरीसम्म आउन कठिन भएको उल्लेख गरे । सबै प्रकारका हिंसाकाका घटनालाई वाहिर ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले हिंसाका दोषीलाई कानुनी रुपमा कारवाही गर्न प्रहरी तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहले आर्थिक वर्ष २०८१/०८२को कात्तिक सम्मको अवधिमा ३२ वटा हिंसा सम्बन्धी उजुरी परेको जानकारी दिए । उनले ‘हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको बताए । उनले कार्यक्रम अन्तर्गत लैंगिक हिंसा अन्त्यको लागि अभियान गरेको उल्लेख गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगाकुमारी खनाल, राइट फोर चिल्ड्रेन प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरुङ लगायतले लैंगिक हिंसा न्यूनीकरणको बारेमा बोलेका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया