युनाइटेड क्लबले गरिव विद्यार्थी लक्षित छात्रावास बनाउने, सांसद गुरुङले गरे शिलान्यास

पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाइटेड छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्ष्य गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाइटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासीय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मनबहादुर गुरुङले एक समारोहका बीच सिलान्यास गरेका हुन ।
सो अवसरमा वोल्दै सांसद गुरुङले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत् अगाडि बढिरहँदा हाल आएर गरिब विद्यार्थी लक्षित आवासीय छात्रावास निर्माणको थालनी गर्नु आफैमा राम्रो काम भएको बताए । छात्रावास निर्माणको लागि आफ्नो ब्याक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने र आफुले नेपाल सरकारको विभिन्न मन्त्रालयहरु र विभागहरुमा समेत उक्त योजनालाई अगाडी बढाउन पहलकदमी गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य सूर्यबहादुर वाग्लेले आफ्नो वडा त्यसमा पनि कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल नजिकै शिक्षाबाट बञ्चित भएका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको आवासिय छात्रावास निर्माणमा वडाको तर्फबास सक्दो सहयोग रहने वताए । वडा नं २७ मा निर्माण हुन लागेको छात्रावासस्थलसम्म वडाले यसअघिनै सडक निर्माण गरिसकेको वताउदै वाग्लेले आगामी दिनमा उक्त सडकको समेत स्तरोन्नती गर्ने प्रतिबद्धता जनाए ।
क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र त्यसमा पनि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी उठाउँदै आएको र क्लबकै पहलमा पोखराको लेखनाथस्थित पचभैयामा चिडियाखानाको निर्माण कार्य जारी रहेको बताए । उनले सरकारले त्यसलाई खुल्ला चिडियाखाना भन्दा पनि घाइते भएका वन्यजन्तुको उद्धार केन्द्र बनाउनतर्फ अगाडि वढिरहेको वताए । पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागी भनेर क्लबकै पहलमा सामुदायिक वनहरुसँग सहकार्य गरेको भएतापनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेकाले आगामी दिनमा त्यसतर्फ स्थानीयहरुले समेत सरकारको ध्यानाकर्षण गराउनतर्फ अगाडि वढ्नुपर्ने श्रेष्ठको धारणा रहेको थियो ।
त्यस्तै क्लबका संस्थापक अध्यक्ष तथा युनाइटेड छात्रावास निर्माण समिति संयोजक हिमालय बख्रेलले क्लबको परियोजनाको रुपमा छात्रावास निर्माण गर्न लागिएको र यसका लागि तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताए । करिब ४ करोड लागतमा निर्माण हुने उक्त आवासीय भवन निर्माणका लागि सरकारी, विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिको सहयोग आवश्यक रहने बख्रेलको भनाई रहेको थियो ।
८ रोपनी क्षेत्रफलमा निर्माण हुने छात्रावास १० कोठाको रहने र ५० जना विद्यार्थीलाई राख्न मिल्ने बताउदै बख्रेलले पहिलो वर्ष ४ कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षै पिच्छे निर्माणको कामलाई जारी राख्दै प्रोजेक्ट सम्पन्न गर्ने वताए । क्लब अध्यक्ष लोकबहादुर थापाले कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थान नजिकै शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित रहेका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागिएको छात्राबास निर्माणले शिक्षाको क्षेत्रमा सानो भएतापनि सहयोग पुग्ने बताए ।
कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थी, पोखरा महानगरपालिका वडा नं २७ का जनप्रतिनिधी, विभिन्न आमा समुहका पदाधिकारी तथा सदस्यसँगै स्थानीयको उपस्थिति थियो । क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।
तपाईको प्रतिक्रिया