ज्ञानभूमिका विद्यार्थीलाई सराङकोट सहकारीको सहयोग

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ज्ञानभूमि माध्यमिक विद्यालयका विधार्थीहरुलाई सहयोग वितरण गरेको छ ।
स्थापनादेखि सहकारी सिद्दान्त अनुसारका कार्यहरुसहित संस्थाको १८ औं वार्षिकाेत्सवसँगै संस्थापक अध्यक्ष स्वार्गीय लोकबहादुर थापाको स्मृतिमा सहयोग गरिएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
विद्यालयमा कक्षा १ मा अध्यनरत १८ जना विधार्थीहरुलाई पोसाक स्टेशनरी समान र संस्थापक अध्यक्षका छोरा श्यामकृष्ण थापाबाट कार्पेटिङ सहयोग गरिएको थियो । साथै सोही कोष मार्फत संस्थाका सदस्य ब्लडक्यान्सर उपचारमा रहेका रामचन्द्र अधिकारी लाई र २५ हजार र सदस्यहरुबाट संकलित रकम समेत हस्तानतरण गरिएको थियो । संस्थाले उपचारमा सहयोग गर्न सम्पूर्णमा अनुरोध समेत गरेको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शेरचन, संस्थाका सल्लाहकार सोभियतबहादुर अधिकारी, सचिव कुलप्रसाद सुवेदी, सह सचिव मायाकुमारी शर्मा, शिक्षा समिति संयोजक जयराम पौडेल, रेडियो सराङकोटका निर्देशक चिन्तामणि बास्तोला, प्रधानाध्यापक विनोदराज सुवेदी, व्यवस्थापक सुरेन्द्र थापा, लगायतले संस्थागत भनाइ राखेका थिए । सहकारीमार्फत् ५३ करोडको कारोबारसँगै रेडियो सराङकोट सञ्चालन, विविध समाजिक कार्यहरु हुँदै आएको छ ।








चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया