पोखरा जेसीजको विचार गोष्ठी

पोखरा ।
पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा पचासऔं वार्षिक साधारण सभाको अवसरमा ‘दिगो विकासका लागि युवा नेतृत्व’ विषयक विचार गोष्ठी भएको छ ।
पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माको अध्यक्षतामा भएको विचार गोष्ठीमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा अष्ट्रेलियाका लागि नेपालि पूर्व राजदुत महेशराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
डा चन्द्र भण्डारी र पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकासका लागि युवा नेतृत्व विषयमा बोलेका थिए । डा भण्डारीले नेतृत्व परिवर्तनले नै साचो अर्थमा दिगो विकासको आधार हुने दाबि गरे । उनले युवाले नेतृत्व लिएमा आफ्नो आवश्यकता अनुसारको काम गर्ने बताए ।
डा खतिवडाले दिगो विकासको लागि समाजमा रहेको चरम गरिबी हटाउनुपर्नेमा जोड दिए । युवाहरू विदेश पलायन हुने परिस्थिति मुख्यतया आर्थिक रहेका बताउँदै गरिबी हटाउँदै अर्थतन्त्र सुधार गरी लय समाउनपर्ने उनको भनाइ छ ।
पोखरा जेसीजका प्रकरण निर्देशक बिजय बरालले सञ्चालन गरेको कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्षहरु, सदस्यहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु गरी २५० जनाको उपस्थिति रहेको पोखरा जेसीजका महासचिव जेसी तिलकप्रसाद लामिछानेले बताए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया