बिरौटामा खुल्यो स्केटिङ पार्क

पोखरा ।
वैदेशिक रोजगारीबाट फर्केका ४ युवाको लगानीमा पोखरा १७ बिरौटामा स्केटिङ पार्क तथा प्लेजोन सञ्चालनमा आएको हो ।समाजसेवी नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष एवं मणिपाल अस्पतालका सञ्चालक नारायणप्रसाद पौडेलले यसको उद्घाटन गरे ।
कार्यक्रममा संघीय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश बराल, समाजसेवी श्रीबहादुर रानाभाट, रानाभाट÷भाट समाज नेपाल कास्की अध्यक्ष सूर्यबहादुर रानाभाट लगायतले युवा पलायन बढिरहेका बेलामा देशमै केही गर्छु भन्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।
११ वर्ष कोरियामा रोजगारी गरी नेपालमै केही नयाँ व्यवसाय गर्ने सोच भएका घैलेन्द्र केसी, मिलन कार्की, सुनील पौडेल र सर्वोदय ढकालको लगानीमा सिद्धार्थ राजमार्गस्थित वडा नं. १७ को कार्यालय नजिक स्केटिङ पार्क तथा प्ले जोन खुलेको हो । यसमा स्केटिङ, स्लाइडिङ इन बल, ट्राम पोलिङ, क्लाइम्बिङ, बुल राइड र जम्पिङ खेलको मज्जा लिन मिल्छ ।








कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया