र्लैगिक हिंसाविरुद्ध एनसेलको सहकार्य

काठमाडौं ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपिए र युनिसेफ नेपालले बालविवाह अन्त्यका संयुक्त रुपमा काम गरेका छन् । यसबारे जनसचेतना जगाउन आयोजित कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न सरोकारवालाले बालविवाह रोक्ने उपायबारे छलफल गरे ।
कार्यक्रममा जोन्टा अध्यक्ष बिना रानाले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । युनिसेफ नेपालकी डेपुटी रिप्रेजेन्टेटिभ जी ह्युन राह, युएनएफपिए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ कमला विष्ट, कलाकार प्रकाश सपुत र एसडिजी स्टुडियोले ‘शिरमै फुर्के रिबन’ बोलको गीत सार्वजनिक गरे ।
गीतले किशोरकिशोरीलाई बालविवाहका असरबारे सचेत गराउने लक्ष्य लिइएको छ । नेपालमा बालविवाह अझै पनि लैंगिक समानता र महिला तथा किशोरीको सशक्तीकरणका लागि प्रमुख चुनौती बनेको छ । यहाँ तीनमध्ये १ किशोरीको १८ वर्षभन्दा पहिले नै विवाह हुन्छ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले बालविवाह मानव अधिकार उल्लंघन भएको औंल्याउँदै यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य चाहिनेमा जोड दिए ।
युनाइटेड नेसनकी सिइडिएडब्ल्यु कमिटी सदस्य वन्दना रानाले महिला र किशोरीहरूका विविध आवश्यकतालाई प्राथमिकतामा राखी काम गर्ने संस्थाहरूले लैंगिक समानता प्रवर्धन गर्न थप पहल गर्नुपर्नेमा जोड दिइन् । एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर विशाखालक्ष्मी खड्काले एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध रहेको जनाइन् ।
‘एनसेलमा हामी लैंगिक हिंसा अन्त्य गर्नु केवल सामाजिक आवश्यकता नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं,’ उनले भनिन् ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया