न्यायका लागि द्वन्द्व पीडितमा दुदराज

पोखरा । न्यायका लागि द्वन्द्व पीडित संगठनको संयोजकमा दुदराज अधिकारी चयन भएका छन् । शुक्रबार पोखरामा भएको द्वन्द्व पीडितहरुको न्याय, व्यवस्थापनको साथै वकालत, वहस, पैरवी गर्ने सरकारी संस्था, मानव अधिकार आयोग, नागरिक समाज, द्वन्द्व सम्बन्धी सरोकार राख्ने संस्थाका प्रतिनिधिहरुको भेलाले अधिकारीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
संगठनको कोषाध्यक्षमा भरतमणि भट्टराई र सदस्य सचिवमा विष्णुप्रसाद भट्टराई चयन भएका छन् । सदस्यमा विमलबहादुर केसी, भीमबहादुर रिजाल, सुविता ढकाल, सिता गैह्रै कैनी, पवित्रा खड्का र रवीन्द्र घिमिरे चुनिएका छन् । पोखरामा कार्यालय हुने गरि द्वन्द्वपीडितहरुको हकहित र अधिकार सुनिश्चितता एवं स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउन संगठनले काम गर्ने अध्यक्ष अधिकारीले बताए ।
पीडित केन्द्रित स्थानीय र प्रदेशका कानुनमा परीपुरणीय नीति तथा कार्यविधीमा पीडितका समस्या लाई ध्यान दिइने उनले सुनाए । वकालत पैरवी गर्न र गण्डकी प्रदेशलाई द्वन्दपिडित मैत्री बनाउन संस्थागत रुपमै सकिन्छ भन्ने अभिलाषा राखी संस्थाको कार्यसमिती गठन गरिएको उनले बताए । छिट्टै संस्था दर्ता प्रक्रिया सुरुअघि बढाएर काम गर्दै जाने उनले बताए ।








कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया