फेला परेनन् मुस्ताङको थासाङका आइतबहादुर

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका—४ झिप्रा देउराली बस्ने ५० वर्षीय आइतबहादुर नेपाली आइतबारदेखि परिवारबाट सम्पर्कविहीन भएका छन् । उनको खोजतलासका लागि परिवारका सदस्यहरुबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निवेदन परेको थियो । तर, चारैतिर खोजतलास गरिँदासमेत अझै फेला पर्न सकेका छैनन् ।
थासाङको झिप्रा देउराली बस्ने गहुँगोरो वर्ण, उचाइ ५ फिट ६ इन्च र रातो सर्ट लगाएका ५० वर्षीय नेपालीको नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको भएपनि हालसम्म फेला पार्न नसकिएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए ।
हराएको दिन आइतबार घरबाट मुस्ताङको थासाङ—४ घाँसामा आफन्त बितेको ठाउँमा पुगेका थिए । मादक पदार्थ सेवन गरी आफन्त बितेका ठाउँबाट हिँडेका नेपाली त्यसपछि भने सम्पर्कमा नआएको प्रहरीमा पेस गरिएको निवेदनमा उल्लेख छ । घटनाका सम्बन्धमा सोही वडाका वडाध्यक्ष नगेन्द्र शेरचनले हराएको भोलिपल्ट सोमबार इलाका प्रहरी कार्यालय लेतेलाई सम्पर्क गरेर जानकारी दिएका थिए ।
लगातार ६ दिनसम्म खोजी गर्दासमेत फेला नपरेका नेपालीको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय लेतेबाट ३ जना र प्रहरी चौकी घाँसाबाट ३ जना गरी ६ जना र घाँसास्थित नेपाली सेनाको ६ जना टोली खटिरहेको डिएसपी बोगटीले जानकारी दिए । हराइरहेका नेपालीको खोजी लागि करिब २५ जना भन्दा बढी स्थानीय नागरिकहरु खटिएको डिएसपी बोगटीको भनाइ छ ।









सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
मुस्ताङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया