कलम सहकारीको सम्मान

समाधान संवाददाता २०८१ मंसिर १५ गते १६:०७

पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनितसहकारीका सेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघका पूर्वसदस्य मनोहरि पौडेललाई सम्मान गरेको छ ।

Advertisement

कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीको परिकल्पनामा स्थापित कलम बचत तथा ऋण सहकारी संस्था पुस्तक तथा स्टेशनरी व्यवसायी साझा संस्था भएको बताए । सहकारीका निर्वतमान अध्यक्ष अर्जुनप्रसाद पोखरेलले सहकारीलाई कसरी राम्रो बनाउने भन्ने कुरा सेयर सदस्यमा नै निर्भर रहने औंल्याए ।

कार्यक्रममा पोखरा द्यधोग वाणिज्य संघका सदस्य मनोहरि पौडेलले आफू पुस्तक तथा स्टेशनरी व्यवसायबाट व्यवसायमा आएका नाताले पनि यो व्यवसायमा भावनात्मक सम्बन्ध भएको उल्लेख गरे । पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष गोविन्द गौतमले पुस्तक तथा स्टेसनरी व्यवसायी र कलम सहकारीबिचको विशेष सम्बन्धलाई अझ प्रगाढ बचाउने वाचा गरे ।

कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा परीक्षक रुद्रनाथ पौडेल, साहित्यकार शिव त्रिपाठी, कलम सहकारीका व्यवस्थापक सन्तोष लामिछाने, पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका लेखा समिति संयोजक गीता अधिकारी गौतम, सहकारीकी सहसचिव बसुन्धरा कोइराला, सहकारीका उपाध्यक्ष रमेशराज बराल, सचिव लालप्रसाद पाठक लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया