पोखरा बहुमुखी क्याम्पसको वार्षिकोत्सव

पोखरा । पोखरा बहुमुखी क्याम्पस पोखराले ३८ औं वार्षिकोत्सव शुक्रबार विभिन्न कार्यक्रम गरी मनाएको छ । २०४४ सालमा पोखराका शिक्षाप्रेमी तथा उद्योगी व्यवसायीको सक्रियतामा खुलेको पोखरा बहुमुखी क्याम्पस यस क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस हो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्याम्पसको स्थायित्व र शैक्षिक उन्नयनका लागि महानगरपालिका सबै खालका सहयोग गर्न तयार रहेको जनाए । उनले अहिले देशैभरी युवा पयालनको समय रहेकोतर्फ संकेत गर्दै क्याम्पसहरुले अब थप पारिमार्जित भई व्यावसायीक र विशिष्ट शिक्षामा लाग्न सुझावसमेत दिए ।
प्रमुख आचार्यले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्रका रुपमा समेत पोखरालाई विकास गर्न नगरपालिकाले पहल गरिरहेको दावी गरे । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाइएको वार्षिकोत्सवको अवसरमा भएका कार्यक्रम तथा प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ । क्याम्पसमा कविता, निबन्ध लेखन, भलिबल र टेबुल टेनिस प्रतियोगिता तथा सरसफाइ र रक्तदान गरिएकोे क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् ।
कार्यक्रममा शैक्षिक पुरस्कार तथा छात्रवृत्तितर्फ लक्ष्मी हाउस छात्रवृत्ति, पश्चिमाञ्चल अटोमोवाइलद्वारा स्थापित मीनबहादुर श्रेष्ठ छात्रवृत्ति, दिलमाया स्मृति छात्रवृत्ति, समीर महिमा छात्रवृत्ति, वेलायती तथा चिनीमाया छात्रवृत्ति, धनकुमारी तथा धनसुवा छात्रवृत्ति, विद्या राणा छात्रवृत्ति, विष्णु बाँस्तोला अक्षयकोष, वसन्त हिराचन स्मृति अक्षयकोष, पोखरा युनाइटेड क्लब अक्षयकोष, तिलक पार्वती पौडेल अक्षयकोष, श्रीप्रसाद टीकामाया घिमिरे अक्षयकोष तथा क्याम्पसले नै स्थापना गरेका विभिन्न संकायगत पुरस्कार र छात्रवृत्रि वितरण गरिएको थियो ।
विद्यार्थीहरुलाई नगर प्रमुख आचार्य, क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचन, सल्लाहकार शंकर देवकोटा, क्याम्पस प्रमुख पराजुली लगायतले पुरस्कार तथा सम्मान वितरण गरे । क्याम्पस सञ्चालक समिति अध्यक्ष लालचनले समुदायको भलाइका लागि स्थापित पोखरा बहुमुखी क्याम्पसको छवि उच्च राख्न काम गरिरहेको जनाए ।
कार्यक्रममा क्याम्पसका सल्लाहकार शंकर देवकोटा, पोखरा ९ का पूर्ववडाध्यक्ष रामराज लामिछाने, सञ्चालक समिति उपाध्यक्ष वद्री श्रेष्ठ, प्राध्यापक संघका सभापति भीमप्रसाद न्यौपाने, विद्यार्थी कल्याणकारी संघका अध्यक्ष सलिना थापा, नेचर क्लब अध्यक्ष गणेश रामदाम, नवआगन्तुक विद्यार्थी सन्देश पौडेल, आइक्युएसी प्रमुख महेन्द्रप्रसाद रिमाल लगायतले क्याम्पसको सर्वाङ्गिण हितका विषयमा आफ्ना धारणा राखेका थिए ।
साधरणसभाले क्याम्पस प्रमुख शिशुकला पराजुलीले प्रस्तुत गरेको वार्षिक र शैक्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शंकर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । क्याम्पसले शुक्रबार नै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रममा विद्यार्थीले आफ्ना विभिन्न खालका प्रतिभा र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया