कांग्रेस र सुभेच्छुक सस्थासँग कर्मचारी युनियनको अन्तरक्रिया

समाधान संवाददाता २०८१ मंसिर १५ गते १६:४५

पोखर । नेपाल निजामती कर्मचारी युनियन, कास्कीले नेपाली कांग्रेसका पदाधिकारी, शुभेच्छुक तथा भ्रातृ संघसंस्थाका पदाधिकारीबीच अन्तक्र्रिया गरेको छ ।

Advertisement

युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले पार्टी सुधारका लागि आवश्यक सुझाव दिन भ्रातृ र शुभेच्छुक संस्थासँग आग्रह गरे । कार्यक्रममा युनियन कास्की अध्यक्ष श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद प्रकाश बराल, पूर्व सचिव बाबुराम आचार्य, नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मी, कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर, सचिव भानु ढकाल, सहसचिवद्वय नवीन सिग्देल र शंकर ढुंगाना, युनियन कास्कीका पूर्व अध्यक्ष एवं कांग्रेस कास्कीका जिल्ला सदस्य रामजीप्रसाद कोइरालालगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केदार सापकोटा र सञ्चालन सचिव सुमन शर्माले गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियनद्वारा सञ्चालित उपहार चिठ्ठा विजेतालाई सोही कार्यक्रममा उपहार प्रदान गरिएको थियो । कृषि विकास निर्देशनालयमा सरुवा भएका नेपाल निजामती कर्मचारी युनियन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद रिजाललाई स्वागत सम्मान गरियो ।

Advertisement

तपाईको प्रतिक्रिया