जेब्राक्रसमा ट्रकको ठक्करले गिभिनाकी आमाको मृत्यु, बिछिप्त भाइले गरे आत्महत्या

पोखरा ।
पोखरामा आमाको मृत्युपछि छोराले आत्महत्या गरेका छन् । मृत्यु हुने चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् । आमा धनकुमारी बुढाको शुक्रबार ट्रकको ठक्करबाट मृत्यु भएको थियो । आमाको मृत्युबाट बिछिप्त भएका छोरा २६ वर्षीय रामकुमार बुढाले आत्महत्या गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बुढाको मृत्यु भएको पुष्टि गरे ।
‘प्रहरीलाई बिहान मात्र खबर भयो । त्यहाँ पुग्दा उहाँ घरमै झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो,’ प्रवक्ता शर्माले भने । आमाको मृत्युको खबर सुनेपछि बिछिप्त भएका २६ वर्षीय बढा राति १२ बजे झुण्डिएको अवस्थामा फेला परेको पोखरा महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सनाले जानकारी दिए ।
महानगरका प्रवक्ता समेत रहेका तिमिल्सिनाका अनुसार उनी आफ्नै घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार राति उनलाई फोन गर्दा फोन नउठेपछि खोजी भएको थियो । कोठामा पुगेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मोबाइल भुण्डिएकै तल भूँइमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शुक्रबार राति नै पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दी नजिकै ७ बजेको समयमा जेब्रा काट्ने समयमा आमा धनकुमारी बुढाको मृत्यु भएको थियो । ५५ वर्षीया बुढालाई घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई स्थानीयले मणिपाल शिक्षण अस्पताल पु¥याएका थिए । उपचारकै क्रममा बढाको राति ९ बजेतिर मृत्यु भए थियो । घाइते बुढाको टाउकोमा गम्भीर चोट लागेको डाक्टरले बताए ।
अहिले सार्वजनिक भइएको सिसिटिभी फुटेजमा यस्तो छ दुर्घटनाको घटनाक्रमः
रातको समयमा धनकुमारीसहित अर्का पुरुष जेब्रा क्रसिङबाटै बाटो काट्न लागेको सिसिटिभी फुटेजमा देखिन्छ । टाढैबाट सवारी आइरहेको भएपनि बुढा दौडिएर बाटो काट्न खोज्छिन् । सँगै बाटो काट्न लागेका पुरुष जेब्राक्र छेउमै उभिन्छन् । तर, बुढा दौडिएर बाटो काट्न पुग्छिन् । सिसिटिभी फुटेजमा ट्रक जेब्रा क्रसिङ तीव्र गतिमा गुडे देखिन्छ । बुढालाई बिचमै ट्रकले हानेको सिसिटिभी फुटेजमा देखिन्छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया