दुर्लुङ तमु समाजको २३ औं साधारण सभा

समाधान संवाददाता २०८१ मंसिर १६ गते ५:३६

पोखरा ।
दुर्लुङ तमु समाजले पोखरामा २३ औं साधारण सभा सम्पन्न गरेको छ ।

Advertisement


पोखरा महानगरपालिका २५ तल्लो फेदी (मुलपानी) स्थित आफ्नै समाज भवनमा दुर्लुङ तमु समाजले २३ औं वार्षिक साधारण सभा एवम् २४ औं जन्मोत्सव मनाएको हो ।

उक्त कार्यक्रमको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै बस्यालले दुर्लुङ समाजले एकताको सन्देश दिएको धारणा राखे ।

उनले फरक प्रसंगमा बोल्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न नागरिक स्तरबाट पनि योगदान दिन जरुरी रहेको बताए ।

Advertisement

उनले नागरिक समाजको गतिविधिले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउदै सक्रिय हुनुपर्नेमासमेत जोड दिएका थिए ।
यस्तै विशेष अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले समाजको २३ औं वार्षिक साधारण सभाको अवसरमा बधाई तथा शुभकामना अर्पण गरे ।  

उनले सामाजिक भातृत्व कायम गर्न र एक अर्कालाई सहयोग गर्न समाजको आवश्यकता रहने बताए ।  

‘आफ्नै घर हुँदा हुँदै पनि समाज घर किन आवश्‍यक परेको होला भनेर मैले महशुस गर्थै, उनले भने, ‘हामी जन्म थलो, थाक थलो छोडेर हिड्छौ । त्यसपछि सुखदुखमा समाज घरको अत्यन्तै आवश्यक पर्दाेरहेछ । यसले एकापसमा सहयोग र भातृत्वको विकास गर्न धेरै नै भूमिका रहन्छ ।’

उनले दुर्लुङ तमु समाजबाट अन्य समाजले सिको गर्नुपर्नेसमेत धारणा राखेका थिए ।

सो कार्यक्रमकाबीच समाजलाई सहयोग गरेको भन्दै डब्लुओटु गणेश बहादुर गुरुङ, सुवेदार गणेश बहादुर गुरुङ, क्याप्टेन चित्र बहादुर गुरुङ,  पूर्णकुमारी गुरुङ र हेलीमाया गुरुङलाई सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रम दुर्लुङ तमु समाजका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष क्याप्टेन गोलमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, सचिव मीन बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया