यातना पीडितका समस्या जस्ताका तस्तै

पोखरा । यातना पीडितका सबालमा सरोकारवालाहरूको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम कोपिला नेपालको आयोजनामा आइतबार पोखरामा भएको छ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । पौडेलले यातना पिडितहरूका समस्या सम्बोधन गर्न राज्य का निकाय उदाशिन हुन नहुने भन्दै उनीहरुको पुनर्स्थापना र सहयोगमा तिनै तहका राज्यका निकायहरूलाई नीति तथा कार्यक्रम तयार गर्न अनुरोध गरे ।
सरोकारका विषयमा भएका कानुनी र व्यावहारिक जटिलता तत्काल सम्बोधन गरेर इमान्दारिताका साथ सबै लाग्नु पर्ने पौडेलको भनाइ थियो।
प्रमुख पौडेलले यातना पिडितका मानसिक समस्यालाई उपचार गर्ने सन्दर्भमा आफूले विभिन्न तहका सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै गण्डकी प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन गत आर्थिक वर्षमा जिल्ला सभा मार्फत् पालिकाहर सहित प्रदेश र संघ सरकारलाई आग्रह गरिएको बताए ।
यातना पीडित महिला तथा बालबालिकाहरूको पुनर्स्थापनाका लागि पोखरा महानगर वडा न ३३ को आमाचौरमा निर्माणाधीन पुनर्स्थापना केन्द्र अलपत्र परेको उनले उल्लेख गरे । राज्यको करोडौं रुपैयाँ खर्च भइसकेको उक्त केन्द्र सञ्चालन गर्न जिल्ला समन्वय समितिबाट पटक पटक प्रदेश सरकार र पोखरा महानगरको ध्यानाकर्षण गरायौं तर ३ वर्ष देखि बिनियोजित बजेट समेत उपयोग हुन सकेन पौडेलले उल्लेख गरे ।
उक्त पुनर्स्थापना केन्द्र तत्काल संचालनको वातावरण बनाउनेतर्फ केन्द्रित हुन पौडेलले आग्रह गरे ।
कार्यक्रममा यातना पीडित समाज गण्डकी प्रदेशका उपाध्यक्ष भरतमणि भट्टराईले आफूहरूका सरोकारका विषयमा सरकार थप गम्भीर र जवाफदेही हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, स्वास्थ कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापा , इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल ,राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखराका अधिकृत टंक खनाल , पोखरा महानगर पालिकाका बालकल्याण अधिकारी बेलकुमारी गुरुङ सहितले आ- आफ्नो भनाइ राखेका थिए ।
यातना पीडित समाज कास्कीका अध्यक्ष जयकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारिन् भने सञ्चालन कोपिला नेपालका कार्यक्रम संयोजक तीर्थ थापाले गरेका थिए ।









मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया