शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान

पोखरा । नेपाल टेबल फुटसल संघले पोखराको शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर संघले केन्द्रमा फुसबल (टेबल साँकर) सहयोगसँगै स्थापना गरेको हो । ४७ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले डाउन सिन्ड्रोम लगायत विभिन्न न्युरो अवस्थाका बालबालिकाहरुका लागि काम गर्दै आएको छ ।
फुसबल, जसलाई टेबल साँकर पनि भनिन्छ, जुन फुटबलको मोडलमा आधारित एउटा टेबल खेल हो, जसले ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय र टोली भावना विकास गर्न सहयोग गर्ने गर्दछ । हालका वर्षहरुमा यो समावेशी गतिविधिका रुपमा लोकप्रिय बनेको छ, जसले विभिन्न क्षमता भएका व्यक्तिहरुको मानसिक र शारीरिक विकासलाई प्रोत्साहन गर्ने काम समेत गर्दछ ।
ई–कमर्स प्लेटफर्म दराज नेपालले ढुवानी साझेदारका रुपमा र संकटा क्लब, काठमाडौं ले तालिम साझेदारका रुपमा सहयोग प्रदान गरेका थिए । टेबल स्थापना, अभिमुखीकरण र तालिमका सबै गतिविधि नेपाल टेबल फुसबल संघका संस्थापक तथा महासचिव उमेश घिमिरेले समन्वय गरेका थिए ।
फुसबल केवल खेल मात्र होइन, यो सहभागिता, अन्तरक्रिया र सीप विकासको माध्यम रहेको भन्दै घिमिरेले यसले यहाँका बालबालिकाहरुलाई मोटर स्किल्स, सामाजिक अन्तरक्रिया र आत्मविश्वास वृद्धि गर्न सहयोग पु¥याउने बताए । यो पहलले बालबालिकाहरुलाई रमाइलो र थेराप्युटिक गतिविधि प्रदान गर्दै उनीहरुको विकासलाई सहयोग गर्ने लक्ष्य आफुहरुको रहेको घिमिरेले बताए ।
हस्तान्तरण कार्यक्रममा संकटा क्लबको तालिम टोलीले केन्द्रका कर्मचारी र देखभालकर्ता लागि अभिमुखीकरण सत्र सञ्चालन गरी, फुसबललाई केन्द्रको दैनिक गतिविधिमा समावेश गर्नका लागि आवश्यक सहजीकरण गरेका थिए ।
नेपालभर फुसबलको प्रवद्र्धन गर्दै आएको छ, विशेष गरी न्युरोडाइभर्जन्ट बालबालिकाहरुलाई व्यवहार विकासका लागि संलग्न गराउँदै समावेशिता र खेलको माध्यमबाट सशक्तीकरण गर्ने लक्ष्य संघले लिएको उनले बताए । संघले फुसबललाई सबैका लागि परिवर्तनकारी गतिविधिका रुपमा अगाडि बढाउने आफ्नो यात्रालाई निरन्तरता दिदै आएको उनले बताए ।
केन्द्रका कर्मचारीले सहयोग प्राप्त फुसबल टेबलले हाम्रो देखभार विधिलाई नयाँ आयाम थप्ने बताउदै बालबालिकाहरुको विकासका लागि यस्ले सहयोग गर्ने बताएका थिए ।









वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया