प्रजातन्त्र सेनानी दिलबहादुर गरुङको निधन

समाधान संवाददाता २०८१ मंसिर १८ गते १५:१०

पोखरा ।

Advertisement

नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिलबहादुर गरुङको मंगलबार बिहान १०३ वर्षको उमेरमा निधन भएको छ ।

पर्वत आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आएका गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात थिए । उनी तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गरे । उनले तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गरेका थिए ।

राजनीति रुपमा चेतना भएमात्र हरेक क्षेत्रको विकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लागेका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रुपमा चिनिएका लिटिल स्टेप मा.विका संस्थापक शेरबहादुर गुरुङ बताउँछन् ।

उनले पञ्चकोशी मा.वि लगायत अन्य प्रा.वि विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्‍याएका थिए ।

Advertisement

उनका श्रीमति, ३ छोरा, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी छन् । जेठो छोरा सु.इन्द्रबहादुर गरुङ, माईला छोरा यमबहादुर गुरुङ र कान्छा छोरा शेरबहादुर गुरुङ छन् ।

उनको अन्त्येष्टि रामघाटको अर्घौ सदनमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया