२९ अमरसिंह रत्न अभिनन्दित

पोखरा ।
अमरसिंह माध्यमिक विद्यालय विज्ञान शाखाबाट राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा उत्तीर्ण गरी २०८१ सालको मेडिकल, इन्जिनियरिङ तथा प्यारामेडिकल शिक्षातर्फ पूर्ण छात्रवृत्तिमा अध्ययनरत २९ जना विद्यार्थीलाई विद्यालयले अमरसिंह रत्न सम्मान गरेको छ ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा २०८० सालको चिकित्साशास्त्र विज्ञान परीक्षा सर्वोत्कृष्ट डा. सुवर्ण गिरीलाई पनि अभिनन्दन गरिएको थियो । आफ्नो लक्ष्यमा पुग्न कक्षा ११ र १२ नै जग रहेकाले आत्मबल उच्च राखी अध्ययन गर्ने हो भने अवश्य पनि सफलता पाइने डा. गिरीले बताए । नर्सिङ विषय लिई अध्ययन गर्ने छात्रा जिज्ञासा खनालले हामीले औपचारिक शिक्षामात्र होइन व्यावहारिक ज्ञान पनि सिक्नुपर्ने बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले अभिनन्दित विद्यार्थीहरुलाई शुभकामना दिए । विज्ञान शाखा प्रमुख रुना श्रेष्ठले विद्यार्थीले उत्साहजनक छात्रवृत्ति पाएकोमा गौरव बढाएको सुनाइन् ।
विद्यालयका प्रअ शेरबहादुर थापाले विद्यालयले जुन गरिमा राखेको छ त्यो सबैको साथ र सहयोगबाट नै प्राप्त भएको सुनाए । विज्ञान शाखाका एकेडेमिक डिन सुरेन्द्र अधिकारीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया