लैंगिक हिंसाविरुद्ध लेखनाथ सेवा केन्द्रको प्रशिक्षण

लेखनाथ ।
समुदायबिच प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारेमा प्रशिक्षण गराएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ को डायमण्ड माविमा अध्यनरत कक्षा ११/१२ का १ सय ५० जना विद्यार्थीहरुका लागि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका सन्दर्भमा सभाव्य घटना र त्यसको रोकथामका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा वडाअध्यक्ष पूर्णकुमार गुरुङले महिला माथि हुनसक्ने घटना क्रमका बारेमा जानकार हुँदै सम्भाव्य घटनाको रोकथाम र कानुनी उपचारका बारेमा जानकारी गराएका थिए । डायमन्ड माविका प्राचार्य यामबहादुर रोकाले महिलामाथि हुनसक्ने जघन्य अपराधका घटनाको रोकथामका लागि सबै जना सचेत हुने हो भने ५० प्रतिशत घटना कमी हुने बताए ।
लेखनाथ सामुदायिक सेवा केन्द्रकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाले बालबालिकामाथि हुने लैंगिक हिंसा जवरजस्ती करणी, बालविबाह, बहुविवाह, जातीय छुवाछुत तथा घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण गराएका थियो । कार्यक्रम समितिका कोषाध्यक्ष कृष्ण ओझा र सदस्य नवराज पौडेलको संयोजत्वमा भएको थियो ।
१६ दिने अभियान कै सन्दर्भ पारेर लेखनाथ सामुदायिक सेवाले पोखरा ३२ को तल्लो गगनगांैडामा आमा समूह तथा टोल विकास सस्थालाई लक्ष्य गरी सचेतना अभियान सञ्चालन गरेको छ । सोही कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अक्कंलबहादुर कार्की र इलाका प्रहरी कार्यालय डाडाकोनाकका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले लैंगिक हिंसाका बारेमा जानकारी गराएका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया